विराटनगर, श्रावण १० गते । तराई मधेश हरियाली विकास कार्यक्रम अन्तर्गत वन डिभिजन कार्यालय हाटखोला नर्सरीद्धारा श्रावण ९ गते सोमार विभिन्न जातको १ हजार विरुवाहरु वितरण गरिएको छ ।
उक्त विरुवाहरु “नतिजा मुखी काम हाम्रो अभियान” नाराका साथ हुलाक निर्देशालय, सडक डिभिजन कार्यालय विराटनगर र विराटनगरको सोमवारे हटियामा विरुवा वितरण शिविर मार्फत वितरण गरिएको हो ।
तराई मधेश हरियाली प्रवद्र्धन गर्नको लागि अमला, सोइजन, कागती, अम्बा, धुपी, कागती, पिडार लगायतको विरुवाहरु वितरण गरिएको वन डिभिजन कार्यालय समाजिक परिचालक विराटनगर १९ बैजनाथपुरकी लिला सरदारले वताए ।
वन डिभिजन कार्यालयले संचालन गरेको नर्सरीबाट निःशुल्क विरुवा वितरण भई रहेकोले घरको वरिपरि विरुवा लगाई हरियो बनाउनुका साथै आय स्रोत समेत वृद्धि हुने भएकोले तराई मधेश हरियाली प्रवद्र्धन कार्यक्रमवाट आम जनसमुदायलाई लाभ उठाउन जहदाकी समाजिक परिचालक पुजा राजवंशीले आग्रह गरको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]