जनकपुरधाम, श्रावण २२ गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रीसंगै उनका चालक, उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको स्रोतको दावी छ उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।
सो बैठकमा वाग्मती प्रदेश बाहेक ६ प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री, गृहसचिब, प्रहरी महानिरीक्षकलगायत पदाधिकारीको सहभागिता थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]