विराटनगर, असार २० गते । अबैध प्राकृतिक दाेहनमा संलग्न रहेकाे सवारी चालक सहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका छन ।
मोरङको केराबारी-८ स्थित रहेको खदम खोला, केराबारी-७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा-५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएकाे हाे ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएका छन ।
नियन्त्रणमा लिईएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]