विराटनगर, असार १८ गते । श्रीमतीलाई आगो लगाई ज्यान मार्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.–१ बिर्ताबजार बस्ने तिलका मल्लिकले घरायसी विवादका करण ३१ वर्षकी श्रीमति बबिता मल्लिकलाई मट्टीतेल छर्की आगो लगाई फरार रहेकोमा थप अनुसन्धान पश्चात निजको श्रीमान तिलका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
मट्टीतेल छर्की आगो लगाउँदा घाईते भएकी बबिता मल्लिकको उपचारकै क्रममा कोशी अस्पताल विराटनगरमा शुक्रवार मृत्यु भएको हो ।
उक्त आगो लागीबाट घर भित्र रहेको लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा अन्दाजी रू २ लाख बराबरको क्षति भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]