विराटनगर, श्रावण २२ गते । विराटनगर महानगर पालिका भित्रको १९ वटा वडा मध्ये ११ वटा वडाहरुमा कोरोना संक्रमित देखि सकिएको र वांकी वडा पनि उच्च जोखिममा रहेको छ ।
समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष सहित अहिलेपनि विराटनगर महानगपालिका भित्र लकडाउन भएता पनि थप १३ जनामा कोरोना संक्रमण फेला परेसंगै महानगर पालिका भित्र कोरोना संक्रमितको संख्या १ सय ८२ पुगेको छ । महानगर पालिका भित्रका वडा नं. २, ३, ५, ६, ७, ८, १०, ११, १२, १३ र १४ कोरोना संक्रमित फेला परिसकेको छ ।
बिराटनगर महानगर पालिका भित्र २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु वडा नं. ५ र ९ का पुरुष रहेको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]