विराटनगर, असार १० गते । प्रदेश १ मा १ काे विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० काे लागि ३ अर्ब ६२ कराेड ५५ लाख ६७ हजारकाे बजेट प्रस्तुत गरेको छ ।
विराटनगर महानगरपालिकाकाे नगर सभाकाे दशाै महाधिवेशनमा महानगर प्रमुख नागेश काेइरालाकाे अनुमतिले उपप्रमुख शिल्पा निराला कार्कीले साे बजेट प्रस्तुत गरेकाे हाे ।
उक्त बजेट मध्ये कार्यालय संचालन तथा प्रशासनिक खर्च रू. ५५ कराेड ३५ लाख ५० हजार, पुर्वाधार विकास क्षेत्र तर्फ १ अर्ब ८९ कराेड ७१ लाख १७ हजार, आर्थिक विकास तर्फ २७ कराेड ७३ लाख, समाजिक विकास तर्फ ७८ कराेड ३९ लाख, सुशासन तथा अन्तर सम्वन्धित तर्फ ७ कराेड ७७ लाख र वातावरण क्षेत्र तर्फ ३ कराेड ६० लाख खर्च हुने अनुमान गरिएकाे छ ।
आर्थिक वर्ष २०७९/०८० काे मुख्य आयोजनाहरूमा वडा स्तरीय आयाेजनामा ४१ कराेड ६८ लाख १७ हजार, नगर स्तरीय आयोजनाका लागि ३० कराेड, बहुवर्षिय तथा गाैरवका आयोजनाका लागि २९ कराेड, क्रमागत याेजनाकाे भुक्तानीका लागि ४० कराेड मर्मत सम्भारका लागि १८ कराेड, अन्य पुर्वाधार तर्फ ९ कराेड ८० लाख फाेहरपानी प्रशाेधन केन्द्रकाे लागि २ कराेड ५० लाख, सम्पुरककाेषकाे लागि ४ कराेड ८० लाख विनियोजन गरेकाे छ ।
अनुमान गरिएको खर्च व्याेहर्ने स्राेत मध्ये सघिय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब २१ कराेड ८५ लाख र प्रदेश सरकार तर्फ ४ कराेड ९१ लाख ९७ हजार, राजश्व बांडफाड १ अर्ब १३ कराेड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब जनसहभागिता ८ कराेड, अन्य अनुदान तथा ऋण १० कराेड १९ लाख, अन्य संघसंस्था ३ कराेड ६० लाख अनुमान गरिएकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]