विराटनगर, श्रावण २१ गते । कोरोना महामारी रोक्न देशका मोरंग जिल्ला सहित १५ जिल्लाका विभिन्न स्थान तथा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गृह मन्त्रालयका अनुसार, सप्तरी जिल्ला भरी, धनुषाको जनकपुर उपमहानगर पालिका र क्षीरेश्वरनाथ नगरपाकिा केही क्षेत्र, नुवाकोटको पुर्व बोहोरे भन्ज्याङ, पश्चिम नयां चौतारा, उत्तर बागेश्वरी भन्ज्याङ, दक्षिण पोखरी डाडा, हिलेटोल, बाँकेको जिल्लाभरी मोरङको विराटनगर महानगर पालिका क्षेत्र, पर्साको जिल्ला भरी, बारा जिल्लाभरी, महोत्तरी सदरमुकाम आसपास (जलेश्वर नगर पालिका र महोत्तरी गाउँ पालिका) मा निषेधाज्ञा जारी गरीएको छ ।
त्यसैगरी झापा जिल्लाको विर्तामोड नगरपालिका क्षेत्र, अर्जुन धारा न.पा. क्षेत्र सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं. ६,७,८ बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नं. ५, केदास्यूं गाउँपालिका वडा नं. ६ र ७, दार्चुला जिल्लाको मार्मा गाउँपालिका क्षेत्र, सर्लाही जिल्ला भरी र स्याङ्जा जिल्ला भरी निषेधाज्ञा जारी गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]