विराटनगर, श्रावण २१ गते । कोरोनाको संक्रमण समुदायमा फैलिएको भन्दै विराटनगर महानगर पालिकाले गरेको लकडाउनकै वेला संक्रमण तिब्र फैलिदैसंत्रमितको सख्या १ सय ६९ पुगेका छ भने महानगरको १९ वटै वडाहरु उच्च जोखिममा रहेको छ ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले दिएको जानकारी अनुसार आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगर पालिकाको १९ वटै वडा कोरोना संक्रमणको जोखिममा रहेको वहांको भनाई छ ।
विराटनगर महानगर पालिका भित्र गरीएको स्वाब परीक्षणमा ७ पुरुष र ४ महिलामा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा विराटनगर महानगर पालिका वडा नं. ११ का ३ जना, वडा नं. ३ को २ जना, वडा नं. ५ को ३ जना, वडा नं. ७ को ३ जना रहेका छन् ।
कोरोना संक्रमित विराटनगर वडा नं. ५ का संक्रमित महिला विराट नर्सिङ होममा कार्यरत एक कर्मचारीको आमा हुने भने दुई जना पुरुष दुद्री बजारमा तरकारी व्यापार गर्ने बाबु–छोरा छ । अन्य संक्रमितको विवरण खुल्न सकेको छैन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]