विराटनगर, श्रावण २० गते । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पतालका तीनजनामा कोरोना संक्रमण पुष्टी भए संगै अस्पतलमा कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीहरुको जम्मा संख्या संख्या ११ पुगेको छ ।
आज दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमा एक जना डाक्टर, ६ जना नर्स, २ जना सफाइ कर्मचारी र दुई जना प्राविधिक छन् । विभिन्न मितिमा ११ जनालाई संक्रमण देखिएपछि अस्पतालका ४० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी बताए ।
अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अनिश्चत कालकालागि वन्द गरिएको ओपीडी सेवा आजदेखि पुनः संचालनमा ल्याएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]