विराटनगर, बैशाख २६ गते । विराटनगर महानगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदको यूवा तथा शिक्षित लोकतान्त्रि समाजवादी पार्टी नेपालको उम्मेदवार नन्दलाल मण्डलले ‘सबै वडा भन्दा राम्रो, ६ नम्बर वडा हाम्रो’ नाराका साथ विराटनगरकै सवभन्दा राम्रो वडा बनाउने प्रतिवद्धताका साथ आफूलाई विजय गराउन घर–घरमा पुगेर भोट माग्दैछन् ।
मण्डल शिक्षत यूवा भएकै कारण शैक्षिक, समाजिक क्षेत्रको दजैनौ संस्थाहरुमा काम गरेको अनुभव प्राप्त गरेको छ भने राजनीतिक रुपमा जनता समाजवादी पार्टीको लोकप्रिय यूना नेताको रुपमा समेत परिचित रहेको छ । चुनावको मुखमा आएर जसपाले टिकट नदिदा वहां लोसपाबाट उम्मेदवार बनेको छ ।
अन्य पार्टीवाट वडामा दिएको उम्मेदवारहरु भन्दा शिक्षित एवंम यूवा भएले शिक्षा, स्वास्थ्य, न्याय, विकास र परिवर्तका लागि योग्य, कर्मठ, अनुभवि भएको भन्दै मण्डललाई जिताउन आमवडाबासी लागि परेका छन् ।
मण्डलले आफ्नो उम्मेदवारी समावेशी टीम बनाएर दिएका छन् । टीममा शंकर सहनी, अत हुसेन (फूल खान) वडा सदस्य, आशा पासवान (नेपाली) दलित सदस्य र उर्मिला राजवंशी महिला सदस्यमा उम्मेदवारी दिएका छन् ।


साईकल छापमा मतदान गरी विजय गराउन आम मतदातासंग आह्वान गर्दै भोट माग्दै घर–घरमा पुग्दै आफू गरेको प्रतिवद्धता जसरी पुरागर्ने वाचा गर्दै मतदाताको आर्शिवाद लिदै लिडेका छन् ।
मण्डले वडालाई स्वाच्छ, हराभरा बनाउने, सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने, शान्ति सुरक्षाको व्यवस्था गर्ने, अग्रेजी माध्यमको पठनपाठन पनि निःशुल्क गराउने, वाटोघाटो तथा विजुली बत्तीका उचित व्यवस्थापन गर्ने, केशलिया खोला किनारमा समसान घाट निर्माण गर्ने, वडा भित्र सार्वजनिक ठाउँमा शौचालय निर्माण गर्ने, जेष्ठ नागरिक, एकल महिला, अशक्त, अपांग लगायतको भत्ता वितरणमा सहजता ल्याउने जस्ता प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी मठ, मन्दिर, मस्जिद लगायत धार्मिक महत्व राख्ने सामुदायिक संस्था निर्माणमा पहल गर्ने, वडालाई सूचना केन्द्रको रुपमा विकास गर्ने, सिसि क्यामरा, फ्रि वाइफाइ जडान गरी वडालाई प्रविधी मैत्री वनाउने, वडाको प्रशासन भ्रष्टाचार मुक्त, सदभाव मैत्री, सहज कार्य विधीमा लैजाने लगायतको प्रतिवद्धता जनाएकाले चुनावी माहौल बन्दै गएको छ ।
मण्डलसंगै उक्त वडामा नेपाली कांग्रेसवाट अक्षय सहनी, जसपावाट इरसाद अन्सारी, माओवादीवाट विजय कामत, एमालेवाट अनिस आलम प्रतिस्पर्धामा रहेका छन् । वडामा १० हजार ५ सय ४ मत रहका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]