विराटनगर, बैशाख २१ गते । मृत फेला परेकी ईलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ ।
बैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे संगै अनुसन्धानको क्रममा रिमाल संग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुले संगै निजलाई पक्राउ गरिएको थियो ।
सोधपुछको क्रममा रिमालले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी देउमाई नगरपालिका–७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका–७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र निजकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुले संगै दुबै जनालाई पक्राउ गरीएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]