विराटनगर, बैशाख १९ गते । जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको प्रहरीले २५ लाख बराबरको भन्सार छलिको समानहरु बरामद गरको छ ।
आईतवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १० स्थित जिल्ला काभ्रे पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ल्याउदै गरको समानहरु बरामद गरेको थियो ।
ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याएको ४ हजार २ सय केजी केराउ र सोही मितिमा देश भारत जिल्ला अररिया नगर पञ्चायत ९ जोगवनी बस्ने बर्ष २९ को अनोज सिंहले बी आर ३८ एम ६६७५ नम्बरको भारतिय मोटरसाईकलमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–११ स्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी विभिन्न लत्ताकपडाहरू ल्याउँदै गरेको थियो ।
सो लत्ताकपडाको कुल लागत मुल्य २५ लाख ३ सय बराबरको सामान बरामद गरिएको थियो । सो सामग्री आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]