झापा, बैशाख १० गते । झापाको मेचीनगर नगरपालिका वडा नं. १० स्थितबाट २ जना र मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टाबाट १ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
शुत्रवार इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० स्थित राजमार्गमा WB 74Y 7782 नम्वरको स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक मेचीनगर-६ का ३२ बर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ बर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध NITROSUN-10 ९५-चक्की र Pyeevon Spas plus २०८ क्याप्सुल फेला परेको हो ।
त्यसै गरी आज बिहान सवा १० बजे काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका-२ काठमाण्डौका ३९ बर्षीय मोहन बहादुर पाईजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]