बिराटनगर, चैत्र २८ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना बिच पदोन्नति हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सु-शोभन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको बिभिन्न मितिको पत्रले प्रहरी बरिष्ठ नायब निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका ७७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख बि.सि.ले पदोन्नति हुनु हुने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्नु हुदै पदोन्नतिले थप जिम्मेवारी बढेको अवगत गराउदै आफ्नो कर्तब्य जिम्मेवारीका साथ निर्वाह गर्न समेत निर्देशन दिनु भशएकाे थियौ ।
सु-शोभन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]