हिरालाल साह
बिराटनगर, चैत्र १८ गते रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले तारिणी प्रसाद काेईराला स्मृति सञ्चारग्राम र महानगर एफ एम बिराटनगरकाे उदघाटन गरेको छ ।
बिरनटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित रेडियो नेपालकाे नवनिर्मित भवनकाे उदघाटन प्रमुख अतिथि सुचना तथा सञ्चार मंत्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेका छन् ।
२०७३ साल बैशाख १३ गते तात्कालिन बिराटनगरका मेयर गाेपाल रेग्मी र रेडियो नेपालका सुरेश कुमार कार्की बिच MOU सम्झौतामा हस्ताक्षर भएको थियाे । ६ कठ्ठा
अठार धुर बिराटनगर महानगरपालिकाले जग्गा उपलब्ध
गराएकाे छ ।
साे भवनको १८ कराेड ५२ लाखमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियोे । साे कार्यक्रममा तारिणी प्रसाद काेईरालाका बहिनी पुर्व प्राचार्य शान्ता घिमिरेले दाजु तारिणी प्रसादकाे रेडियो नेपालकाे संस्थापक रहेको र उनले गरेको याेगदानका बारेमा चर्चा गरेका थिए ।
रेडियो नेपाल १०३ मेघाहर्जबाट सुन्न सकिने छ । पुर्वमा रहेका सृजना ,कला -साहित्य,संगित,संस्कृति उजागर गर्न र सुचनामा जनतनकाे पहँच पुर्‍याउन रेडियो नेपाल तथा महानगर एफ एमले सहयाेग पुर्याउने लक्ष रहेको ,सुचना पठाउन डिजिटल एप्स बनाउने,कन्फरेन्श हल बनाउने ,स्टुडियो बनाउने ,रेडियो संग्राहलय बनाउने ,ई लाईब्रेरि बनाउने,संगित प्रशिक्षण गराउने आदि लक्ष बिधानमा रहेकाे आयोजकले बताएका छन् ।
कार्यक्रममा रेडियो नेपालका बुद्धि बहादुर केसीले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी भवनकाे डिजाइनको बारेमा प्राेजेक्ट मेनेजर अर्जुन थापाले राखेका थिए ।कार्यक्रममा अध्यक्षता बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीकाे रहेको थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]