विराटनगर, चैत १७ गते । प्रदेश १ को राजधनी विराटनगर महानगरपालिकाको वडा नं. २ शंकरपुर मार्गमा चैत १८ देखि २६ गते सम्म आयोजना हुने टे«ड एक्सपो २०२२ विगतको वर्ष भन्दा फरक हुने आयोजनाले जनाएको छ ।
बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनहरु सहित लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको आकर्षण समेत थपिएकोले विगतको भन्दा भपभोक्तले फरक अनुभव महसुस गर्ने दावी गरेका छन् ।
एक्सपोको समुद्घाटन शुक्रवार संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेवाट हुने भएको छ ।
विषेश आकर्षणको रुपमा फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेल मन पराउनेहरुका लागि जीप लाइन, रिभर्स बन्जी र जिप साइक्लिनिङ्गको प्रबन्ध पनि मिलाईएको छ ।
एक्स्पोमा नेपाल भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरण हुनेछन् । एक्स्पोमा कृषि, पर्यटन, सुचना प्रविद्यि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार, नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने जनाईएको छ ।
स्वदेशी र विदेशी उत्पादन समेटने गरि कुल २७० स्टलहरु रहने एक्स्पो २ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने व्यापार संघले जनाएको छ । संघका अनुसार एक्स्पोबाट ४० करोडको बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]