झापा, चैत १४ गते । झापाको बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ ।
सोमबार एक समारोहका बिच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्दै मन्त्रीकार्कीले प्रदेश सरकार शान्ति सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको वताउँदै सवारीसँगै घुलमिल हुनेले बढी दुर्घटना गराउने गरेको, सुविधा युक्त गन्तव्यमा पु¥याउनका लागि जोखिम मोलेरै भएपनि ट्राफिक प्रहरीले काम गर्ने गरेको वताएका थिए ।
नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षागर्न सहजहुने बताउनु भयो । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उहाँले भवनको उचित व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रदेश सरकारले मेची पुल देखि कोशी पुलसम्म तथा जोगवनी देखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको छ । सिसी क्यामेराले मानिसलाई अनुुशासित बनाउने बताउँदै दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नु भयो । दुर्घटना न्यूनीकरणमा सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
कार्यक्रममाआन्तरिक मामिलातथाकानूनमन्त्रालयका सचिवकालीप्रसाद पराजुली, प्रदेश १ प्रहरीकार्यालयकाप्रमुख अरुण कुमार बिसी, प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयकाप्रमुखवासुदेव खतिवडा लगायत सुरक्षानिकायकाप्रमुखतथाप्रतिनिधिको सहभागिता रहेको थियो ।
आन्तरिकमामिलातथाकानूनमन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमानिर्माण भएको हो । भवननिर्माणका सहयोग गर्नेलाई सम्मानगरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]