हिरालाल साह
बिराटनगर, चैत्र १२ गते । केशलिया खोला स्थित बिराटनगर महानगर पालिका वडा नं. ६ को सिमानामा पर्ने केशलिया मुक्ति घाटको पाँचौ साधारण सभा किराँत याख्खाको सभाहलमा सम्पन्न भएको छ ।
उक्त साधारणसभामा संस्थाका अध्यक्ष मणि बहादुर राईले पाँचौ साधारणसभाको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए । प्रतिवेदनमा श्मशान घाटको स्थलमा जग्गा छुट्याएर घेराबेरा गर्ने, शव जलाउने स्थानको व्यवस्थापन गर्ने, दाउरा, पानी, शौचालयको व्यवस्थापन गर्ने, विश्राम स्थलको निर्माण गर्ने, वृक्षारोपण गर्ने र स्थलको सरसफाइ गर्ने भावि योजना रहेको छ ।
कार्यक्रममा कोषाध्यक्ष सरु पहरुले आार्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरका थिए । संस्थाको विधानमा संसोधन प्रस्ताव कालभान राईले प्रस्ताव सर्वसम्मतिले साधारणसभाबाट अनुमोदन भएको छ ।
बिशिस्ट अतिथि ज्येष्ठ नागरिक तथा समाजसेवी रिटायर मेजर मान बहादुर राईले श्मशान घाटमा रहेको चिहान भत्काइएको प्रति दुखेसो व्यक्त गर्दै संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए । कम्तीमा पनि त्यस स्थानको सरसफाइमा ध्यान पु¥याउन आग्रह समेत गरेका थिए ।
त्यसैगरी समाजसेवी दिल बहादुर थेवेले बिराटनगर महानगरपालिकाले घाट नजिकै डम्पिङ साईट बनाएर दुर्गन्धित बनाएको प्रति आपत्ति जनाउँदै त्यस ठाउँबाट तुरुन्तै डम्पिङ साईट हटाउन पहल गर्नुपर्नेमा जोड दिए ।
शुभकामना मन्तव्यको क्रममा बिराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले डम्पिङ साईट हटाउन तथा अन्य सहयोेग गर्न आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी संस्थाका उपाध्यक्ष राम प्रसाद साहले समेत शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिव नारायण चौधरीले गरेका थिए
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]