जय प्रकाश महमतो
विराटनगर, चैत १० गते । नेपालको पहिलो औधोगिकनगरीविराटनगर हो । त्यसमापनिविराटनगरको रानी क्षेत्रमारहेको पहिलो उधोग जुट मिलको नाम नै काफि छ । यस मिलमामजदुरहरुको नेतृत्व गर्ने नेताहरु देशको प्रधानमन्त्रीभए । तिप्रधानमन्त्रीहरुको छोराछोरीहरु सामान्यजाँच गराउनविदेश जानेगर्छ तर त्यस ठाँउको मान्छेहरुको आर्थिक, शैक्षिक र सामाजिकअबस्थानिकै कमजोर नै रहेको छ । बिराटनगरमाकुनै पनि पार्टी, संघ संगठनहरुले राजनीतिक, शैक्षिक, सामाजिकआन्दोलन गर्दा रानी बिराटनगरको जनताले सक्रियभुमिकानिर्वाह गर्ने गर्दछ । तर त्यस ठाँउको जनताको लागिन्युनतम स्वास्थ्य चौकीभएपनिऔषधी, डाक्टर र जाँच गर्ने मसिनहरुको अभावको कारण उनीहरुको अवस्थादयनिय रहेको छ ।
मजदुर बाहुल्यक्षेत्र रहेको रानीविराटनगरको एरिया वडा नं १५ को प्राथमिक स्वास्थ्य केन्द्रबाट रोडशेष चौक देखि दक्षिण भेगकावडाहरु १२, १३, १४, १५, १६, १७, १८ का आमजनसमुदायको लागिउपयुक्तहुने र सहज सरल तरिकाले स्वास्थ्य सेवालिन सकिन्छ । तर बिराटनगर महानगरपालिकाले त्यस क्षेत्रलाई ध्याननदिएकोले स्थानीयजनताहरुले निकै गुनासो गर्ने गर्दछ । रानी स्वास्थ्य चौकीलाई असलमनसायले व्यवस्थापन गर्ने हो भन्ने महानगरपालिकालाई आर्थिक आम्दाणी पनिहुने र जनताले आफनो नजिकको स्थास्थ्य चौकीमा सुविधालिन सक्ने स्पष्ट छ । यसबाट समयको बचत, आर्थिक भारको बचत र जनस्तरमा स्वास्थ्यको पहुँचहुने देखिन्छ । यस्तो महत्वपुर्ण काम गर्न नसक्ने बिराटनगरको प्रमुखको बौद्धिकक्षमतामाथिप्रश्न उठनु स्वाभाविक नै हो ।साथै, महानगरपालिकाको कार्यालय अक्षम रहेको देखिन्छ ।
पुर्ण अधिकार प्राप्तपालिकानिर्वाचन नेपालमा २० वर्ष पछि स्थानियनिर्वाचन २०७४ मा सम्पन्नभयो । आमनेपालीजनतामात्रहोईन विश्वले नै यसलाई ठुलो उपलब्धीको रुपमालिएको थियो । आमजनताले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरे तर त्यो कमजोर जननिर्वाचितप्रमुखहरुको कारणले जनताको न्युनतमआधारहरु शिक्षा, स्वास्थ्य र वासको व्यवस्था गर्न सकेन् । तिजनप्रतिनिधिहरु मध्ये एउटा हुन बिराटनगर महानगरपालिकाको प्रमुखलगायतकाजनप्रतिनिधिहरु । यस्ता जनप्रतिनिधिहरुले गरिव कमजोरको स्वास्थ्यलाई समेत ध्यानदिननसक्नु दुखत कुरा हो ।
सामान्य सुविधादिदाँपनिमहानगरलाई आम्दाणी बढने ःयस प्राथमिक स्वास्थ्यकेन्द्रलाई स्वास्थ्य चौकीबनाएर काम गर्ने हो भन्ने त्यस भेगकाजनतालाई धेरै फाइदापुग्ने देखिन्छ । त्यस भेगको जनतालाई ठुल ठुलो लाइनमा बसेर जाँचहरु गराउनबाट छुटकारा पाउने थियो । भिडियो एक्सरे, ल्याव र जेनेरल एक्सरे लगायतअन्य साधारण टेष्टहरु कम समयमा र कमखर्चमा टेष्ट गराउन सकिन्थ्यो तर त्यो कामहुन सकेको छैन् । ठुल ठुला मेडिकल माफियाहरुको कारण यो रिफर सेन्टर मात्रबनेको वाबनाईएको देखिन्छ । यसको जिम्मेवारी महानगरले लिन पर्ने देखिन्छ ।
चेक जाँचबाट हुने राहत
यस प्रकार आमजनतालाई सय प्रतिशतकम दरमासुविधाप्रदान गर्न सकिन्छ । महगीजमानामाजनताले राहतपाउने छ । यस्तो कार्यक्रमनेपाल सरकारले चलाएको स्वास्थ्य बिमाबाट पनि संचालन गर्न सकिन्छ । जसरीप्राईभेट निजिअस्पतालले स्वास्थ्यबिमाकार्यक्रम संचालन गरेर आम्दाणी गरिरहेको छ । त्यसरी नै महानगरपालकाले पनि आम्दाणी गर्न सकिन्छ । जसबाट विराटनगरको स्वास्थ्यविभागअझमजबुतहुनेछ ।
रानी स्वास्थ्य केन्द्रको बर्तमानअवस्था ः
१) पुरानो भवन र शौचालय (जवकीविभिन्न वडाहरुमा जनप्रतिनिधिहरुले नयाँभवनबनाएर आफनो काम सुचारु गरि सकेको छ) ।
२) मेडिकल अधिकृत सहित १२ जनाको दरवन्दी रहेको छ ।
३) प्राथमिकउपचार गर्नको लागिल्याव छ तर ल्यावमाचाहिने सामग्रीहरु नरहेको ।
४) विहान १० ः ०० बजे खुल्ने र २ ः ०० बजे बन्दहुने गर्दछ ।
५) निःशुल्कऔषधीहरु स्वास्थ्य चौकीबाट सेवाग्राहीलाई उपलव्धनहुने ।
६) उच्च स्तरिय भिडियो एक्सरे मसिनभएपनि संचालनमानरहेको ।
७) जेनेरल एक्सरे मसिनभएपनि संचालनमा नरहेको ।
८) स्वास्थ्य चौकीको फोहोर व्यवस्थापनमा समस्या रहेको ।
९) ल्यावको अवस्थादयनिय रहेको ।
रानी स्वास्थ्य केन्दमागर्न नसकेकोअसफलकामहरु ः
१)निःशुल्कऔषधीहरु स्वास्थ्य चौकीबाट सेवाग्राहीलाई उपलव्ध गराउनअसफलभएको ।
२) उच्च स्तरिय भिडियो एक्सरे मसिनभएपनि संचालनमा गर्न नसकेको ।
३) जेनेरल एक्सरे मसिनभएपनि संचालनमा गर्न असफलभएको ।
४) स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन समस्या समाधान गर्न असफलभएको ।
५) विहान ८ः०० देखी ४ः०० बजे सम्म स्वास्थ्य चौकी संचालन गर्न असफलभएको ।
६) स्वास्थ्यबिमाकार्यक्रमलाई व्यवस्थापन गर्न नसकेको ।
७) स्थानीय सरकारको लगभग ५ वर्ष हुनलाग्दापनिनयाँभवनबनाएर हस्तान्तरण गर्न नसकेको र असफलभएको ।
८) भारत सरकारलेलगभग ४ वर्ष पहिलादिएको एम्बुलेन्स पनि संचालन गर्न असफलभएको ।
रानी स्वास्थ्य केन्दमाअव गर्नु पर्ने कामहरु ः
१)तत्कालबनाएकोनयाँभवन हस्तान्तरण गर्नु पर्ने ।
२) विशेषज्ञ सेवा संचालन गर्नु पर्ने । त्यसको लागि दरबन्दीसिर्जना गर्नु पर्ने ।
(कम्तिमा १जनाफिजिसियन, १ जना सर्जन, १ जना स्त्री रोग बिशेषज्ञ र ल्याव टेक्निसियन सहित)
३) बिरामीबस्ने हलहुनु पर्ने ।
४) पार्किंगको व्यवस्था गर्नु पर्ने ।
५)विपन्न एरिया भएकोलेनिःशुल्कऔषधीहरु स्वास्थ्य चौकीबाट सेवाग्राहीलाई उपलव्ध गराउनु पर्ने ।
६) उच्च स्तरिय भिडियो एक्सरे मसिनतत्काल संचालनमा गर्नु पर्ने ।
७) जेनेरल एक्सरे मसिनतत्काल संचालनमा गर्नु पर्ने ।
८) स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन समस्या समाधान गर्नु पर्ने ।
९) विहान ८ः०० देखी ४ः०० बजे सम्म स्वास्थ्य चौकी संचालन गर्नु पर्ने ।
१०) स्वास्थ्यबिमाकार्यक्रमलाई व्यवस्थापनगर्नु पर्ने ।
११)भारत सरकारले लगभग ४ वर्ष पहिलादिएको एम्बुलेन्स पनितत्कालसंचालन गर्नु पर्ने ।
१२) बर्थिङ्ग सेन्टर तत्काल संचालन गर्नु पर्ने ।
१३) आवश्यक पर्ने सामग्रीहरु स्वास्थ्य चौकीमाउपलब्ध गराउनु पर्ने ।
१४) स्वास्थ्य चौकीमा सुरक्षाको व्यवस्था गर्नु पर्ने ।
१५) आकस्मीक सेवातत्काल शुरु गर्नु पर्ने र कम्तिमा १५ बेडको अस्पतालको रुपमाबिकास गर्नु पर्ने ।
बिराटनगर महानगरपालिकाले तत्कालयी महत्वपुर्ण कामहरु नगरे दक्षिण भेगकाजनताहरु आन्दोलन गर्न बाध्यहुनेछ ।आन्दोलन भएयसको जिम्मेवारी महानगरपालिकाले लिनु पर्ने कुरा पनिजानकारी गराउन चाहान्छौं ।
लेखक महतो, नेकपा एमाले महानगर कमिटी, बिराटनगरको उप सचिव हुनुहुन्छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]