बिराटनगर, चैत ३ गते । बृहत मधेसी नागरिक समाज केन्द्र समिति बिराटनगरले हालीका दहन गरेका छन।विगत ७ वर्ष देखि मनाउदै अ‌ाएकाे हालीका दहन यसपालि नयाँ गुद्री बजारकाे छेउमा रहेकाे चाैरीमा हालीका दहन गरेका छन ।हाेलीका दहन भनेकाे  हिरण्यकश्यप राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनीले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् । यहि वरदानको फाइदा उठाउदै उनीले जलाएर मार्नको लागि प्रह्लादलाई लिएर आगोमा बसेकी थिइन् ।त्यस क्रममा विष्णुले गर्दा प्रह्लादलाई केही भएन तर होलिका चाहिँ जलेर मरिन । यही दिनको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन ।साेही हालीकाकाे प्रतीक बनाएर गाेईठा, परालमा राखिन्छ र अ‌ागाे लगाउने गरिन्छ ।नागरिक समाजले साही अनुसार अ‌ागाे लगाएर हालीका दहन गरि मिठाइ प्रसाद वितरण गरि खुशयाली मनाएका छन ।उक्त अवसरमा समाजका अगुवा जय प्रकाश महताे, याेगेन्द्र यादव, प्रदिप यादव, पत्रकार श्याम सुन्दर सुतिहर ले हालीकाकाे पाैरानिक कथाकाे बारेमा चर्चा गरेका थिए ।साे अवसरमा दर्जनौं मानिसकाे उपस्थिति रहेकाे थियोे । हाेलीका दहन समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिहकाे अध्यक्षतामा भएकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]