बिराटनगर, चैत्र ३ गते । सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण भएको छ ।
सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकायका प्रमुखहरुले स्थानिय मानिसहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।
सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा प्रदेश प्रहरी प्रमुख बि.सी.ले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगंज, सिमा प्रहरी चौकी साहेवगंज, प्रहरी चौकी कप्तानगंज, अस्थायी प्रहरी चौकी मोतिटप्पु सुनसरीको समेत निरीरक्षण गर्नुका साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भई सीमा क्षेत्रमा हुने बिविध गतिविधिका बारेमा विस्तृत जानकारी लिनु भएको थियो ।
बुधबार भएकाे निरीक्षक प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि.सी., सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख समेतको उपस्थिति रहेकाे थियाे ।
टोलीले सुनसरीको देवानगंज, साहेवगंज, कप्तानगंज एरियाहरुमा अवस्थित नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गरेकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]