विराटनगर, चैत १ गते । नेकपा माअाेवादी केन्द्र कटहरी गाउँपालिका अध्यक्ष तथा वडा नं. २ का वडा अध्यक्ष समेत रहेका किशाेर पाण्डेले कटहरी गाउँपालिकामा भएको अनियमितताको छानवीन लागि कानुनी उपचार खाज्ने भएकाे छ ।
नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरि कटहरी गाउँपालिकामा विपन्नलाई दिने स्वास्थ खर्च, ईन्धन, लाेहन्द्रा खाेलाकाे बालुवा माटो उत्खनन र करार कर्मचारी नियुक्तिमा अध्यक्षले अनियमितता गरेकाे अाराेप लगाउंदै त्यसकाे छानवीन गर्न अख्तियारमा उजुरी लगायतका कानुनी उपचारका साथै जनस्तरमा भण्डाफाेर गर्न पाण्डेले वताए ।
त्यसैगरी ६३ लाखकाे पुरक बजेटमा २३ लाख मर्मत खर्च राखेकाेमा र ईन्धन खर्च १२ लाख छदाछदै फेरि १२ लाख छुट्याइएकोमा अापती रहेकाे वताए ।
लाेहन्द्र खाेलाकाे वालुवा, माटाे उत्खनन सम्वन्धमा जुनपक्षले गाउँपालिका माथि मुद्दा लगाए फरी त्यही पक्षलाई ठेक्का दिनु नै भ्रष्टाचार भएकाे समेत अाराेप लगाएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]