विराटनगर, फाल्गुन २९ गते । कटहरी गाउँपालिका कार्यालयवाट भएका कामकारवाहीको विषयलाई लिएर केही दिन देखि समाजिक संजाल र पत्रपत्रिकामा भ्रम श्रृजना गर्ने खालको समाचार प्रति गाउँपालिकाको अध्यक्ष राम कुमार कामतले कडा प्रतिवाद गरेको छ ।
गाउँपालिकामै पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष कामतले भने ‘गाउँपालिकाको काम कारवाहीको विषयलाई लिएर समाजिक संजाल र पत्रपत्रिकामा समाचार प्रचार प्रसार भएको तर त्यस सम्वन्धमा मलाई केही नसोधी एकलौटी ढंगले पार्टी र गाउँपालिकालाई वदनाम गर्ने नियतले गरेको भन्दै त्यस्तो प्रायोजित समाचारको खण्डन गर्दै कडा प्रतिवाद गर्दै यदि केही काम कारवाहीमा त्रुटी भए प्रमाण सहित कानुनी उपचार गर्न चुनौति दिएको छ ।
केही दिन देखि श्रृखलावद्ध रुपमा गाउँपालिकावाट फाल्गुण ४ गते लोहन्द्रा खोलाको बालुवा र भरौट विक्री कर संकलन गर्न लगाईएको ठेक्काको विषयलाई लिएर पत्रपत्रिका र समाजिक संजालमा आएको अनर्गल प्रचार प्रसार भएको वताउँदै गाँपालिकाकै दुई जना माओवादीका जनप्रतिनिधीले स्थानीय तहको चुनाव घोषणा पश्चात कांग्रेस पार्टी र गाउँपालिले गरेको कामकारवाही प्रति भ्रम फैलाएको आरोप लगाए । यदि त्यस्तो थियो भने यतिका दिन देखि भ्रम फैलाउने साथीहरु किन चुप लागेर बसेको प्रश्न गर्दै त्यस्ता प्रचारवाजी तिर नलाग्ने आमजनमानसमा आग्रह गरको छ ।
लोहन्द्रा खोलाको बालुवा र भरौट विक्री कर संकलन गर्ने सम्वन्धी ठेक्का २०७८ श्रावन २२ गते सिलवन्धी वोलपत्र र इं विडिङ मार्फत बोलपत्र माग गरेको थियो । जसमा ६ वटा बोलपत्र पेश भई सो को मुल्यांकन भई आसयको सूचना समेत प्रकासन गरेको अवस्थामा तेस्रो कबोल अंक पेश गर्ने श्री रनकालीमाता कन्ट्रक्सन विराटनगर–७ ले बोलपत्र पेश गर्ने समयमा त्रुटी भएको भनी उच्च अदालत विराटनगरमा मुद्दा दायर गेको कारण ठेक्का बन्दोबस्तमा अवरोध सृजना भएको थियो ।
सोही ठेक्का सम्वन्धी आएको समाचारको प्रतिवाद गर्दै गाउँपालिकाले नेपाल सरकाले निर्मा गरेका एन, नियम, कानून र यस कटहरी गाउँपालिकावाट निर्माण भएको निति नियमहरुको परिधि भित्र रहेर नै गाउँकार्यपालिकाले आम नागरिकलाई सेवा गर्दै अएको दावी गरेका थिए । सो ठेक्का अहिले श्री रनकालीमाता कन्ट्रक्सनलाई नै एक करोड बैसठ्ठी लाख सत्र हजार सातसय साठीमा दिएको छ ।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्ति
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]