हिरालाल साह
बिराटनगर ,फाल्गुन २० गते विराटनगर महानगर पालिका वडा नं. १५ मा रहेकाे रानी स्वास्थ्य केन्द्र औषधि र भाैतिक संरचनाकाे अभावमा लथालिङ्ग अवस्थामा पुगेको छ ।
नेपाल सरकारले नि:शुल्क उपलब्धि गराउने औषधि मध्ये आधा दर्जन प्रकार मात्र उपलब्ध रहेकाे र अन्य औषधि माग गर्दा समेत महानगर पालिकाकाे स्वस्थ्य शाखाले उपलब्ध नगराएकै कारण स्वस्थ्य सेवा प्रभावित भएकाे गुनासाे स्वास्थ्यकर्मीहरूले नै गरेका छन ।
त्यति मात्र हाेईन स्वास्थ्यकर्मीले प्रयाेग गर्ने ग्लाेवस, मास्क र सेनिटाईजर समेत महानगर पालिकाले उपलब्ध नगराएको कारण दुई महिना देखि मास्क आफै किनेर लगाएकाे गुनासो गर्दै गर्भवती महिलाको उपचारको लागि भाैतिक संरचना अभाव कै कारण आएकाे विरामीलाई रिफर गर्नु पर्ने बाध्यता भएकाे वताए ।
उक्त कुरा नेपाल कम्युनिष्ट पार्टी एमालेका बिराटनगर नगर कमिटी सहसचिव जय प्रकाश महताेकाे नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्र रानी, बिराटनगरमा “आम जनसमुदायको स्वास्थ्य केन्द्रमा पहुँच तथा स्वास्थ्य केन्द्रकाे अवस्था “बारेमा अवलोकन गर्न गएकाे वेला गुनासाे गरेका हुन ।
महताेका अनुसार अवलोकनका क्रममा सर्वसाधारणलाई सरकारले ८२ प्रकारको निशुल्क अ‌ाैषधि मध्ये ६/७ प्रकारका सामन्य खालका अ‌ाैषधिमात्र उपलब्ध गराइएकाे, ल्याब टेस्टका लागि अत्याधुनिक भिडियो एक्स रे मेशिन भएपनि जनताले सुविधा नपाएको, गर्भवती महिलाका लागि बर्थिङ सेन्टर तथा पर्याप्त ठाउँ नभएको, भारत सरकारले ३ बर्ष पहिलेनै एम्बुलेन्स उपलब्ध गराएपनि संचालनमा
नआएकाे, स्वास्थ्य बिमा सरकारले उपलब्ध गराएपनि जनताकाे जनचेतनाकाे अभावले विमाकाे लाभ लिन नआएको, बिरामी कुरुवाकाे लागि बस्ने ठाउँ अभाव रहेको, पार्किङकाेअभाव आदि समस्या पाईएकाे जानकारी गराए ।
स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति तथा दक्ष प्राविधिककाे अभाव रहेको, महानगर स्वास्थ्य केन्द्र बिराटनगरलाई पटकपटक जानकारी तथा बाेदार्थ गराईएपनि सुनवाइ नभएको, थप नयाँ भवन बनिसकेको भए पनि हस्तान्तरण हुन बाँकी रहेकोले ठाउँको अभाव रहेको, सरकारले उपलब्ध गराउने आधा दर्जन प्रकारकाे अत्यावश्यक अ‌ाैषधि बाहेक महानगरले निशुल्क अ‌ाैषधि उपलब्ध गराउन नसकेको, जनसंख्याको चाप अनुसार दरबन्दी थप हुनुपर्नेमा जम्मा १५ जनामात्र कर्मचारीले धान्नुपरेकाे जसकाे फलस्वरूप अत्यधिक रुपमा अन्य स्वास्थ्य केन्द्रमा रिफर गराउनेकाे संख्या अत्यधिक रहेको बाध्यता रानी स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर बिशाल कुमार देवले वताए ।
जनसरोकारका विषयमा सहसचिव जयप्रकाश महताेले सबैले मिलेर स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा बिराटनगर स्वास्थ्य शाखामा डेलिकेश जाने र सम्बन्धित निकायलाई धचधच्याउने कुरा जानकारी गराउदै जनताले पनि यस्तो बिषयमा आगामी दिनमा चासो राख्नुपर्ने त्यसको लागि जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]