हिरालाल साह
बिराटनगर, फाल्गुन १८ गते । अन्तराष्ट्रिय नारी दिवसका दिन सेलिब्रेटी मुमेन्टको तेस्रो संस्करण हुने भएको छ ।
नेपाल पत्रकार महासंघ मोरङको सभा हलमा पत्रकार सम्मेलन गर्दै बिराटनगर प्राइम राउन्ड टेवल १० ले फाल्गुन २४ गते बिराटनगरको जैन भवनबाट स्कुटर रेशको आयोजना गर्ने जानकारी गराएको छ ।
नारी दिवसका दिन महिला लक्षित प्याडिलक्स गल्र्स अन ह््वील कार्यक्रमको लागि एक स्कुटरमा दुई जनाका दरले ७५ वटा स्कुटरको प्रतिस्पर्धा गराउने भएको छ ।प्रतियोगिहरुले बिराटनगरका विभिन्न १० स्थानमा पुगि संकेतको आधारमा आवश्यक टास्कहरु पूरा गर्नेुपर्ने हुन्छ । टास्कका आधारमा सहभागी मध्येबाट प्रथम, द्वितीय र तेस्रो हुनेलाई एम आईको टेलिभिजन पुरस्कार स्वरुप प्रदान गर्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक योगेश राठीले बताए ।
राउन्ड टेवलले बिगत ३२ बर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेको र विभिन्न समयमा मनोरन्जनात्मक तथा उत्प्रेरणात्मक कार्यक्रमहरु गर्दै आएको छ । रेशमा सहभागी हुन एक स्कुटरमा सवार दुई जनाका लागि १५ सय दर्ता शुल्क राखिएको छ ।
सो कार्यक्रममा राष्ट्रिय स्तरका गायक÷गायिका तथा नृत्य प्रस्तुति सहित मनोरंजनात्मक प्रस्तुति रहने छ। नेको इस्योरेन्ससँगको सहकार्य तथा मुख्य प्रायोजक सेनेटरी प्याड प्याडिलक्स रहेको आयोजकले जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]