विराटनगर, फाल्गुन १५ गते । जिल्ला प्रहरी कार्यालय मोरंगले एक बालिकालाई बालात्कार गरी हत्या गरको आरोपमा एक जना ६४ वर्षिय पुरुषलाई सार्वजनिक गरको छ ।
घटनाका विवरण अनुसार मोरङको लेटाङ नगरपालिका वडा नं. ८ कि १२ बर्षीया बालिकालाई जवर्जस्ति करणी गरी हत्या गरेको आरोपमा गर्ने प्रहरीले मोरङ लेटाङ नगरपालिका वडा नं. ८ का ६४ बर्षीय दिपक गरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
फाल्गुन ११ गते बेलुकी अवेरसम्म पनि घर फर्कि नआई पुगेकोले घर परिवारका सदस्यले सोही दिन इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराए पश्चात १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले बालिकाको घर देखि ३ किलो मिटर दक्षिण लेटाङ नगरपालिका वडा नं. ८ लाल हिरा सामुदायिक बनमा बालिकाको शव ढुङ्गाले छोपी मृत अबस्थामा फेला परेको थियो ।
त्यसैगरी गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाईटर समेत फेला पारेको थियो ।
फाल्गुन ११ गते बेलुकी साढे ४ बजे जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भई लेटाङ नगरपालिका वडा नं. ८ स्थित जंगलको बाटोमा घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गई बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती करणी गरेको थियो ।
सो कुरा सार्वजनिक गर्ने बालिकाले भनेपछि गिरीले घाँटी थिचि हत्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको हो ।
घटनामा संलग्न गरेका पक्राउ गिरीको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]