विराटनगर, पुस २८ गते । पछिल्लो समयमा विश्वभरी लाेकप्रिय बन्दै गएकाे साैन्दर्य र शक्तिकाे प्रतिककाे रूपमा लिईने गुरूत्वाकर्षण र शरीरकाे वजनकाे उठाउन गरीने क्यालिसथेनिस व्यायाम विराटनगरमा हुने भएकाे छ ।
विराटनगरकाे महेन्द्र चाैक स्थित टि. जि. आई. पी. जिमले पत्रकार सम्मेलन गरि उपत्यका बाहिर पहिलाे पटक विश्वशनिय प्रमाणित प्रशिक्षक टाेनी प्रजापति द्वारा माघ १ गते शनिवार एक दिने वर्कशप आयाेजना गर्ने जानकारी गराए ।
आयाेजक श्रृजन प्याकुरेलले भने शनिवार तीन चरणमा आयाेजना हुने वर्कशप पहिला चरण विहान ७ वजेदेखि १० वजे सम्म, दाेस्राे चरण ११ देखि २ बजे सम्म र तेस्रो चरण ३ देखि ६ बजे समेम हुने वताए ।
त्यसैगरी कुनै पनि उपकरण विना व्यवस्थित लय वद्व शारीरिक अभ्यासको माध्यमबाट गरीने क्यालिथेनिस व्यायाम सम्बन्धमा जनचेतना जगाउन वर्कशप संचालन गर्न लागेकाे प्रशिक्षक एडाेनिस क्षेत्रीले वताए ।
शारिरीक र मानसिक शक्तिकाे समिश्रणकाे रूपमा लिईने क्यालिसथेनिस व्यायाम पुरातन ग्रिसमा विकसित भएकाे खेल हाे जिम संचालक डेविड एकेले जानकारी गराए ।
उक्त व्यायामले शरीरलाई आकारमा राख्न मद्दत पुर्याउनु काे साथै मानिसकाे वल, शहनशिलता, लचिलोपन र शरीरकाे अंगहरू वीच समन्वयको विकास समेत गर्दछ ।
काेभिडकाे कारण घर बाहिर गई व्यायाम गर्न सम्भव नभएकाेले आफ्नो घरमै व्यायाम गर्न सकुन भन्ने उदेश्यले व्यायाम प्रति जनचेतना जगाउन वर्कशप आयाेजना गर्न लागेकाे आयाेजकले वताए ।
प्रत्येक चरणमा ३५ जनालाई सहभागी गराईने छ भने प्रत्येक सहभागीले प्रवेश शुल्क १ हजार ५ सय तिर्नुपर्ने छ । वर्कशपमा सहभागी हुनेलाई टीसर्ट निशुल्क प्रदान गरीनेछ । उक्त टीसर्ट नवीन जैसवालले प्रायाेजन गर्ने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]