विराटनगर, पुस २७ गते । सहकारी संघ–संस्थाहरुलाई कर्जा प्रवाह गर्ने एकमा राष्ट्रिय सहकारी बैक लिमिटेडको एकाई १ को भेला २८ गते बुधवार प्रदेश १ को राजधानी विराटनगरको जैन स्वेताम्बर तेरापंथी सभा भवनमा हुने भएको छ ।
राष्ट्रिय सहकारी बैक लिमिटेड प्रमुख कार्यकारी अधिकृत वद्री कुमार गुरागाईले विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराउँदै संचालक समितिको कार्तिक् ९ गते बसेको बैठकको निर्णय अनुसार सदस्य संघ संस्थाहरुको प्रतिनिधीहरुको सहभागीतामा पौष १६ गते देखि एकाई २, ३, ४, ५, ६ र ७ को वैठकहरु सम्पन्न् भई सकेको एकाई १ को २ हजार २ सय ५७ वटा सहकारी संघ संस्थाको भेला भोली हुने वताए ।
त्यसैगरी एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणित गर्ने सभा (केन्द्र) पौष ३० गते १४ हजार १ सय ५२ सदस्य सहकारीको सहभागीता हुने समेत जानकारी गराउँदै राष्ट्रिय सहकारी बैक लिमिटेडको नेपाल भरी ६८ वटा शाखाहरु पु¥याएका वताए । अगामी दिनमा सहकारी बैक लिमिटेडलाई डिजिटल प्रविधिमा लगेर अझ सेवा विस्तार गर्ने लक्ष्य रहेको गरागाईले वताए ।
सहकारी संघ÷संस्थाहरुलाई वित्तिय सेवा प्रदान गर्ने र सहकारी संघ÷संस्था मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उकासन सहयोग पु¥याउने उदेश्य सहित २०६० साल अषाढ २५ गते सहकारी विभागमा दर्ता भई नेपालको सहकारी अभियानको एक मात्र राष्ट्रिय सहकारी बैक लिमिटेड २०६१ श्रावण १९ गते दखि कारोवार सुभारम्भ भएको थियो ।
राष्ट्रिय सहकारी बैक लिमिटेडको शेयर पुँजी २ अर्ब ८७ करोड, निक्षेप ६६ अर्व ३४ करोड संकलन गरी ३५ अर्व ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्व ६८ करोड कारोवार गर्न सफल भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]