बाटो अवरोध गरी जनमतको किसान आन्दोलन
विराटनगर, पुस २६ गते । जनमत पार्टीले रानी इटहरी सडक खण्डको विराटनगरको गुद्री चौकमा सडक अवरोध गरी कोण सभा गरेको छ ।
जनमत पार्टीले शुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागी जारी राख्ने घोषणा अन्तर्गत प्रदेश नं. १ को राजधानी विराटनगरको गुद्री चौकमा दर्जनौ यूवाहरुले सडक अवरोध गरी कोण सभा गरेका छन् ।
विराटनगरको रामजानकी मार्गमा रहेको पार्टी कार्यालायबाट नाराबाजी गर्दै गुद्री चौक पुगेका थिए । कोण सभामा वक्ताहरुले किसानहरुले लगाएको बालीहरु नेताहरुल खाने तर किसानको समस्यालाई सम्बोधन गर्ने नेताहरुलाई जनमत पार्टीले तह लगाउने वताएका थिए ।
त्यसैगरी आउँदो शुक्रवार हजारौ किसानहरुको सहभागीतामा हुने विरोध ¥याली र कोण सभामा सहभागी हुन आम जनतालाई सहभागी हुने जनमत पार्टीका विराटनगर महानगर पालिका संयोजक अरुण कुमार मण्डलले आह्वान गरेका थिए ।
किसन आन्दोलनले विस्तारै किसानहरुको आँखा खोल्दै गईरहेको छ । मधेशका जिल्लाहरुमा भएको आन्दोलनमा दिनानुदिन किसानहरुको संख्या सडकमा बढ्दै गई रहेको छ । समयमै सरकारले किसनहरुको मागलाई सम्बोधन नगरे किसान आन्दोलन अझ चर्किने जनमतका नेताहरुले दावी गरेका छन् ।
जनमत पार्टीले किसान आन्दोलनले आफ्नो १२ बुद्धे मागको पर्चा पम्पलेट छापी गाउँ, घर र टोल–टोलमा वितरण गरी रहेको छ ।
जनमत पार्टीले किसानको माग सम्बोधन गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थापन गर्नुपर्ने, सिचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाइको लागि विद्युत निःशुल्क उपलब्ध गर्नुपर्ने, हावाहुरी र वर्षाले भएको बालीनालीको क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूलय निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने माग अगाडी सारेका छन् ।
त्यसैगरी किसान कार्ड व्यवस्था गरी–किसान कार्ड देखाएर सीमानाकाको वजारबाट सामान ल्याउन पाउने व्इवस्था गर्नुपर्ने, किसानलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली वीमा हुने सुनिश्चितता गर्नुपर्ने, किसानमाथि दमन बन्द गर्नुपर्ने लगायत १२ बुद्धे माग राखेर पुस १५ गते देखि अनिश्चि कालीन आन्दोलन शुरु गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]