विराटनगर, पुस २६ गते । प्रदेश १ को मोरंग, झापा र सुनसरी जिल्लाको १६ वटा लियो क्लबहरुको सहभागीतामा फुटसल (इन्डोर फुटबल प्रतियोगिता) कप प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने भएको छ ।
पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाले पुस २८ गते देखि ३० गते सम्म लियो डिस्ट्रिक ३२५ एवानको विभिन्न १६ वटा टिमको सहभागीतामा फुटसल कपको आयोजन गर्ने क्लवका अध्यक्ष लियो सुनिल यादवले जानकारी गराए ।
फटसल कपमा झापा जिल्लावाट–३, सुनसरीवाट–६ र मोरंगबाट–७ बटा लियो क्लबहरुका सहभागीतामा ३ दिन सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमलाई २५ हजार नगद, सिल, मेडल र प्रमाण पत्र र उपविजेतालाई १० हजार नगर, मेडल र प्रमाणपत्रले सम्मान गरिने कुरा लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाका पूर्व अध्यक्ष मनोज तिवारीले पत्रकार सम्मेलनमा वताए ।
लियो क्लब अफ विराटनगर सेन्ट्रल मेगाले फुटसल कप पहिलो चरणमा आयोजना गर्दा १० वटा टीमको सहभागीता गराएका थिए । दोस्रो चरणमा १२ वटा टीमको सहभागीता थियो । तेस्रो चरणमा १६ वटा टीमको सहभागीता हुने भएको छ । पहिलो चरणको फुटसल कप सन् २०१९ मा गरिएको थियो
तीन दिन सम्म संचालन हुने फुटसल कपमा करीब २ लाख ५० हजार खर्च लाग्ने भएको आयोजकले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]