विराटनगर, श्रावण १४ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. २ बरगाछी चोकबाट प्रतिवन्धीत लागुऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा मंगलवार जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका वडा नंं ८ का राम प्रसाद पोखरेललाई पक्रउ गरेको छ ।
पोखरेलसंग २ सय २२ ग्राम र १ सय ५० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजको घरमा समेत रहेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुले संगै निजको घरमा नियमानुसार खानतलासी गर्दा थप ३ सय ०८ ग्राम ७८ मिलिग्राम एन्फाटामाईन (आईस) बरामद भएको थियो ।
यसरी कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]