झापा, पुस २२ गते । झापा मेचीनगर नगरपालिका वडा नं. ७ पिपल चौक स्थित केशब पाठकको घरमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा मेचिनगर नगरपालिका वडा नं. ८ का ४५ बर्षीय सारद राजवंशी रहेकाे छ । मंगलवार राती पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशी लगाएत १६ जना घाईते भएका थिए ।
घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको थियो भने अन्य घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती नै पुर्ण रुपमा नियन्त्रणमा आईसकेको थियाे । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]