विराटनगर, पुस १७ गते । जनमत पार्टीले शुरु गरेको किसान आन्दोलन भूसको आगो जस्तै मधेशका जिल्ला फैलिदै गई रहेको छ ।
जनमत पार्टीले सुरु गरेको किसान आन्दोलन अनिश्चितकालका लागी जारी राख्ने घोषणा अन्तर्गत प्रदेश नं. १ को राजधानी विराटनगरको रोडशेष चौकमा रहेको मुख्यमन्त्री कार्यालय अगाडी रानी विराटनगर सडक खण्डमा टायर बालेर अवरोध गरेका छन् ।


सडक अवरोध गर्दा प्रहरी प्रशासनले सडकमा टायर नवाल्न आग्रह गर्दै आन्दोलन कारीहरुलाई सडक अवरोध गर्नवाट रोक्दै आन्दोलनकारीहरुलाई पक्राउ गरी थन्ने समेत प्रहरीले धम्की दिएको कुरा जनमत पार्टी विराटनगर महानगर पालिकाका संयोजक अरुण कुमार मण्डलले वताए ।


किसन आन्दोलन विस्तारै किसानहरुको आँखा खोल्दै गई वरहेको छ । मधेशका जिल्लाहरुमा भएको आन्दोलनमा दिनानुदिन किसानहरुको संख्या सडकमा बढ्दै गई रहेको छ । समयमै सरकारले किसनहरुको मागलाई सम्बोधन नगरे किसान आन्दोलन अझ चर्किने जनमतका नेताहरुले दावी गरेका छन् ।


जनमत पार्टीले किसानको माग सम्बोधन गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थापन गर्नुपर्ने, सिचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाइको लागि विद्युत निःशुल्क उपलब्ध गर्नुपर्ने, हावाहुरी र वर्षाले भएको बालीनालीको क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूलय निर्धारण गर्नुपर्ने, उखु किसानको भुक्तानी गर्नुपर्ने माग अगाडी सारेका छन् ।
त्यसैगरी किसान कार्ड व्यवस्था गरी–किसान कार्ड देखाएर सीमानाकाको वजारबाट सामान ल्याउन पाउने व्इवस्था गर्नुपर्ने, किसानलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली वीमा हुने सुनिश्चितता गर्नुपर्ने, किसानमाथि दमन बन्द गर्नुपर्ने लगायत १२ बुद्धे माग राखेर अनिश्चि कालीन आन्दोलन शुरु गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]