बिराटनगर, पौष १२ गते । आफ्नो पेशा प्रति गौरवान्वित हुन जरुरी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौबाट पाल्नु भएका महानिरीक्षक थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको थियो ।
निरीक्षण भ्रमणको क्रममा वहाँले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग समेत अन्तरक्रिया गर्नु भएको थियो ।
पश्चार प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै वहाँले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्न निदेशण दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही गर्न समेत वहाँले निर्देशन दिनु भएकाे थियो ।
अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ बिशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन समेत निर्देशन दिएकाे थियो ।
वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिदै। COVID-19 को प्रभाव पुन दोहोरीन सक्ने तर्फ बिशेष ध्यान दिँदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागी बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिएका थिए ।
यसका साथै प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुसंग जिल्लाको समग्र सुरक्षा ब्यबस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]