विराटनगर, पौष ६ गते । नेपाल कम्युनिष्ट पार्टी, एकिकृत माक्र्सवाद लेलिनवाद (नेकपा एमाले) नेपाल पिछडा वर्ग (ओविसी) लाई आफ्नो जनसंगठनको रुपमामा अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघको रुपमा घोषणा गरेको छ ।
उक्त घोषणा नेकपा एमाले केन्द्रीय कमिटीका दोस्रो पूर्ण वैठकवाट केन्द्रीय सदस्य कमरेड रामलाल साहलाई केन्द्रीय इन्र्चाजको जिम्मेवारी पुस १ गते विहीवार पत्रवाट तोक्दै सो जनसंगठनको घोषणा गरेको हो ।
उक्त घोषणाको अखिल नेपाल पिछडा वर्ग केन्द्रीय कमिटीले स्वागत गर्दै नेकपा एमाले पार्टी र नेतृत्व वर्गलाई समेत धन्यवाद तथा हार्दिक अभार व्यक्त गरेको जानकारी केन्द्रीय महासचिव जय प्रकाश महतोले गराए ।
अगामी दिनमा पिछडा वर्गमा पर्ने जातिहरु अधिकारलाई सुनिश्चित गर्न तथा र भाषा संस्कृतीहरुलाई संवद्र्धधन र विकासका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत केन्द्रीय समितिले गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]