विराटनगर, पुस २ गते । रविन खुम्बुको नेतृत्वमा रहेको ६१ सदस्य रहेको १ नं. प्रदेश समितिलाई समाजवादी विद्यार्थी यूनियनको समर्थन रहको पुन १ गते विहीवार एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
समाजवादी पार्टी नेपाल समर्थित समाजवादी विद्यार्थी फोरम र नयां शक्ति पार्टी समर्थित नयां शक्ति विद्यार्थी यूनियन बीच दुई वर्ष अघि एकिकरण भई समाजवादी विद्यार्थी यूनियन बनेको थियो । दुवै संगठन वीच समायोजनका लागि संघ, प्रदेश र जिल्लाका क्याम्पसहरुमा समायोजनको लागि कार्यदल बनाएको थियो ।
प्रदेश १ मा समायोजनको लागि पुर्व समाजवादी विद्यार्थी फोरमको तर्फवाट उपाध्यक्ष सुवास लुवाङ र सचिव सुवास राई र पूर्व नयाँ शक्ति विद्यार्थी यूनियनवाट दुई जना गरी ४ जनाको कार्यदल निर्माण भएको थियो ।
उक्त कार्यदल भित्रका पूर्व समाजवादी विद्यार्थी फोरमको तर्फवाट जिम्मेवारी पाएका लुवाङ र राईले समितिमा कुनै छलफल नगरी अलोकतान्त्रिक, निरकुश शैलिमा समायोजनको भावना विपरीत संगठन ध्वस्त वनाउन लागि परेको भन्दै संगठनको गरिमालाई वचाउन दर्जनौ सदस्यहरुले रविन खुम्बुको नेतृत्वमा रहेको यूनियनलाई समर्थन गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]