हिरालाल साह
विराटनगर, मंसिर १८ गते । राष्ट्रिय जनता दल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ र जनता समाजवादी पार्टी एकिकरण भएको छ ।
उद्योग बाणिज्य संघ जनकपुरको सभाहलमा शुक्रबार राष्ट्रिय जनता दल र अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको एकीकरण तथा भातृ संगठन घोषणा सभाको आयोजना गरि एकिकरण भएको हो ।
जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादव र राष्ट्रिय जनता दल तथा अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको अध्यक्ष भरत प्रसाद महतोको उपस्थितिमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र अखिल नेपाल पिछडावर्ग महासंघले ३ बुंदे सहमतिमा सहकार्य गरि ‘पिछडावर्ग (ओविसी) महासंघ नेपाल’ घोषणा गरेका छन् ।
घोषणा सभामा अध्यक्ष यादवले ठूला–ठूला राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको, एकल जातीय राज्य व्यवस्था कायम रहेकोले जातीय भेदभाव समाप्त पार्न सवै उपेक्षित वर्ग एक जुट भइ अन्तिम लडाइ लड्नु पर्ने र सोको लागि जसपा शक्ति संचितिकरणमा निरन्तर कार्यरत रहेको बताएका थिए ।
एउटा नयां आन्दोलनको आवश्यकता रहेको बताउँदै एकल जातीय पकडलाई तोड्न आह्वान गर्दै राज्यको मुख्य शक्तिको रुपमा मानिने शैन्य, न्यायपालिका र राजनीतिक शक्तिमा अझै पनि २० प्रतिशत जनसंख्या रहेको एकल जातिकै वर्चस्व रहेको बताउंदै अध्यक्ष यादवले शासक वर्गको भेदभावपूर्ण नीतिकै कारण देशका ७० प्रतिशत जनताको सत्ता र शक्तिमा चार पाँच प्रतिशत अधिकार समेत नरहेको उल्लेख गरेका थिए । भेदभावपूर्ण नीतिकै कारण पिछडावर्ग हरेक क्षेत्रमा उपेक्षित रहेकोले आरक्षणको व्यवस्था नभए सम्म शक्ति र सत्तामा हैसियत अनुसारको भागीदारी सम्भव नरहेको उनले प्रष्ट पारेका थिए ।
त्यसैगरी राष्ट्रिय जनता दल तथा अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको अध्यक्ष भरत प्रसाद महतोले भने, ‘अखिल नेपाल पिछडावर्ग महासंघलाई आउने दिनमा जसपाको मजबुत भातृसंगठन निर्माण गर्ने र पिछडावर्गमा पर्ने जातजातिहरुको केन्द्र र प्रदेशमा सुचिकृत गराउने र पिछ्डावर्ग (ओविसी) उत्थान विकास समितिको पदाधिकारीको नियुक्ति गर्ने उल्लेख गर्नु भयो । पिछडावर्ग (ओविसी) को आवाज कुनै पनि पार्टीले नस्वीकारेको र जसपाले आवाज सुनिदिएको प्रती धन्यवाद दिएका थिए ।
सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पार्टीको एकीकरणले जसपाको विभेदपूर्ण सरकार सत्ता विरुद्धको आन्दोलनलाई थप उर्जा प्राप्त भएको बताए ।
बिगत २०५५ साल देखि नेपाल पिछडावर्ग (ओविसी) महासंघ उच्चवर्ग, आदीवासी जनजाति र दलितमा नपर्ने झनै ३ दर्जन जातिकोे हक अधिकारको लागि संघर्ष गर्दै आएको थियो । २०७४ साल मंसिरमा के.पी.ओली सरकारको पालामा नेकपासंग समायोजन घोषणा भएर अखिल नेपाल पिछडाबर्ग महासंघ बनेको थियोे । अखिल नेपाल पिछडावर्ग महासंघमा रहेको ३६ वटा जातजाति, २२ ओटा जिल्लामा संगठन बिस्तार र ६५ हजार सदस्य रहेका छन् ।
उक्त कार्यक्रममा संघीय सांसद डा.सूर्यनारायण यादव, प्रमोद कुमार साह, ओबीसीका केन्द्रीय प्रवक्ता मनाइ महतो, बर्दिया जिल्ला अध्यक्ष श्रीराम यादव लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]