विराटनगर, मंसिर १५ गते । साथीसंगको लेनदेनको विवादले ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनिएका मोरङ राजधानी इट्टा उद्योगका सञ्चालक अध्यक्ष महमद साजित मियाँलाई रिहाई गर्न पत्रकार सम्मेलन गरी आफ्न्तले मागगरेको छ ।
कटहरी गाउँपालिका वडा नं.६ स्थित मोरङ राजधानी इट्टा उद्योगका सञ्चालक अध्यक्ष मियाँ बेकसुर रहेको भन्दै आफ्न्तहरुले सम्बन्धित निकायसंग माग गर्नुभएको हो ।
मोरङ राजधानी इट्टा उद्योगकमा ५० प्रतिशत शेयर रहेकाे कलामसिंह लामाले हरहिसाव पारदर्शीता नगरेको विषयलाई लिएर दुवै पक्षबीच एकवर्षदेखि विवादहुँदै आएको थियो ।
विवादका कारण असोज १० गते कलामसिंह लामालाई विमल कार्कीले खुकुरी प्रहार गरेर घाईते बनाएका थिए । प्रहारपछि कार्कीलाई प्रहरीले तत्काल नियन्त्रमा लिएर ज्यान मार्ने उद्योगमा प्रहरीले थुनिएको थियो ।
मोरङ राजधानी इट्टा उद्योगका सञ्चालक अध्यक्ष महमद साजित मियाँले नै ज्यान मार्न लगाएको भन्दै मियाँलाई समेत ज्यान मार्ने उद्योगमा लामाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।
मोरङ जिल्ला अदालतमा जिल्ला न्यायाधीश किशोर घिमिरेको ईजलासमा प्रतिवादी विमल कार्कीले दिएको बयानको जवाफ न ६ मा भनिएको छ । मैले कलामसिंह लामालाई एकचौटी खुकुरी प्रहार गरेको हो । मलाई खुकुरी प्रहार गर्न लामाले नै लगाएका हुन । म एक्लैले खुकुरी प्रहार गरेको कार्कीको वयानमा उल्लेख छ ।
लामाले विभिन्न बहना देखाउँदै ५० प्रतिशत शेयर विवाद गर्दै आएको अध्यक्ष मियाँको आफ्नतहरुले बताएका छन् ।
लामाले अटेर गर्दै मोरङ राजधानी इट्टा उद्योगमा रहेको लाखौं इट्टा बेचिसेको अध्यक्ष मियाँको आफ्नतहरुले
वताए ।
प्रविादी मोरङ राजधानी इट्टा उद्योगका सञ्चालक अध्यक्ष महमद साजित मियाँलाई मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ८३ को उपदफा(१) बमोजीमको कसुरमा ऐन संहिताको दफा १ सय ८३ को उपदफा (२) बमोजीम सजाय हुन समेतको मागदावी लिई अभियोगपत्र मुद्दा दायार भएको थियो ।
प्रविादी विमल कार्कीले मोरङ जिल्ला अदालमा र अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा घाईते कलामसिंह लामालाई खुकुरी प्रहार गरेको स्वीकर गरी बयान गरी सकेकाे छ ।
अदालतमा अधिकारप्राप्त अधिकारी समक्ष प्रदतिवादी कार्कीले गरेको बयानको आधारमा किटानी जाहीर पीडितको घा जाँच केश फारमको आधारमा प्रतिवादी कार्की कसूरदार ठहरिएको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ को उपदफा (१) को (ख) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्षका लागि मुलुकी फौजदारी कार्यविधि संहिता २७४ दफा ८० बमोजिम प्रतिवादी कार्कीलाई मोरङ कारागारमा राखेको छ ।
प्रतिवादी कार्कीको बयानलाई आधरमानी ततकाल ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनिएका मोरङ राजधानी इट्टा उद्योगका सञ्चालक मियाँलाई रिहाइ गर्न र दोषीलाई कारबाही गर्न मियाँको भाई सुफियान खान, माजीत खान र छिमेकी नवीन रेग्मी लगायतले मोरङ जिल्ला अदालतसंग पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन।
लामा विरटनगरमा उपचार गराउँदा गराउँदै विना रिफर गरि काठमाडौं उपचारका लागि गएकाे भनेता पनि त्याे वहानामात्र भएकाे आफन्तकाे आराेप छ ।
दुई पक्ष विच भएमाे सम्झाैता अनुसार लामाले करीब १ कराेड रकम प्रालिलाई तिर्नुपर्ने भएकाेले त्याे रकम तिर्नु नपराेस भन्दै विभिन्न लफडाहरू गर्दै आएकाे छ । अहिले पनि काहिरकाे यूवाहरू लगाएर ईट्टा भट्टा कब्जामा लिएकाे आफन्तहरूले आराेप लगाएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]