हिरालाल साह
बिराटनगर, मंसिर ११ गते । लाभान्वित वचत तथा ऋण सहकारी संस्था लि.को ११ औं बार्षिक साधारणसभा आज शनिबार मिल्स माध्यमिक विद्यालय रानीको प्राङ्गणमा सम्पन्न भएको छ ।
सो साधारणसभाका प्रमुख आतिथि प्रदेश १ सहकारी संघ तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । कोभिड महामारीको अवस्थामा पनि १८ प्रतिशतले नाफा गरेकोमा प्रशंसा गर्दै प्रदेश १ सहकारी संघबाट पनि सहयोग गर्ने प्रतिबद्धता पोखरेलले जाहेर गर्दै सहकारीले उत्कृष्ट वचतकर्ता र ऋणीहरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण र बरिष्ठ गायक रामा मण्डल र खेलाडी पुनम थापालाई समेत सम्मान गरेकोमा संस्थाले समाजिक काम समेत गरेकोमा पाखरेलले संस्थाको प्रसंशा गरेका थिए ।
सहकारीको २०७७÷०७८ को बार्षिक प्रतिवेदन संचालक समितिको अध्यक्ष निराजन कुमार शाहले प्रस्तुत गरेको थियो । बार्षिक प्रतिवेदन कुल शेयर पूँजी ८८ लाख ८६ हजार ३ सय, निक्षेप संकलन गरी ९ करोड ७१ लाख ७५ हजार ७ सय ८७, ऋण लगानी, ९ करोड ४० लाख, ऋण तथा असुली ८ करोड ४१ लाख, बाह्य ऋण १९ लाख ४५ हजार, कुल आम्दानी २ करोड २७ लाख ९८ हजार ५ सय ४४ रुपियाँ गरेको जानकारी गराएका थिए ।
लाभान्वित वचत तथा ऋण सहकारी संस्था २०६८ ज्येष्ठ ३ गते विधिवत रुपमा स्थापित भएकोमा हाल संस्थामा २ हजार शेयर सदस्य रहेको, ७ सदस्यीय संचालक समितिको साथै ऋण उप–समिति, शिक्षा तथा सामाजिक उप समिति, अनुगमन तथा सु–शासन उप–समिति र लेखा तथा सुपरिवेक्षण समिति रहेको छ ।
साधारण सभामा प्रदेश १ का प्रदेश सभा सचिवालयका हरि बहादुर खत्री, ईलाका प्रहरी रानीका हरि भण्डारी, विराटनगर महानगर पालिका बडा नम्बर १६ र १२का वडा अध्यक्षद्वय मनोज सुब्बा र हिरालाल कामत, बुद्धिजीवी राम चन्द्र साह, लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो
उक्त साधारण सभा संस्थाको संचालक समिति अध्यक्ष निराजन कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]