विराटनगर । खास गरी झापा, मोरंग र सुनसरी जिल्लामा बसोवास गर्ने सन्थाल जातिलाई केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा सतार÷सन्थाल लेखेकोमा सन्थालमात्र लेख्नु पर्ने र सतारलाई तत्काल तथ्यांकवाट हटाउनुपर्ने माग गर्दै विराटनगरमा ¥याली सहितको विरोद्ध प्रदर्शन गरेका छन् ।
रिलोमाला सन्थाल आख्डा नेपाल नमक संस्थाको अगुवाईमा मोरंग र झापाका सैयौ सन्थालहरुले “सन्थाल जातिको अधिकार प्राप्तिको अभियान, सतार हैनौ हामी सन्थाल हाम्रो पहिचान” भन्दै शान्तिपूर्ण विरोध ¥याली तथा धर्ना दिएका हुन् ।
उक्त विरोध ¥याली प्रदेश नं. १ जनगणना कार्यालय र केन्द्रिय तथ्यांक विभाग, तथ्यांक कार्यालय मोरंगको कार्यालय पुगी तथ्यांक कार्यालय मोरंगको सुपरिवेक्षक तुलसा बराल पोखरेललाई सतारलाई हटाई सन्थालमा कायम गर्न सन्थाल समुदायका अगुवा समाज सेवी परमेश्वर मुर्मुलगायतले ज्ञापनपत्र बुझाएको थियो ।


शान्तिपूर्ण विरोध ¥यालीमा नेपाली शब्दकोष सुधार गर, नकचरो जात लेख्न पाउँदैन, लबस्तरो जात लेख्न पाउँदैनौ, तथ्याँक विभागमा सतार÷सन्थाल भएको मान्दैनौं स्पष्ट स्न्थाल मात्र हुनुपर्छ, सोझा सिधा भनेर नढाट, सन्थाल पहिचान नमेट, आदीवासी सन्थाल जातिको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य राज्य निकायमा पहँच पु¥याउ, भूमिहि, आवासहित, सुकुम्बासी, नागरिकता विहिन आदीवासी सन्थाल जातिको समस्या समाधान गर भन्ने नाराहरु लगाएका थिए ।
नेपाली शब्दकोष भन्डारमा सन्थाल र सतार एउटै हो जसको अर्थ लाजपचेको, नकचरो, लवस्तरो लेखिएको, समान्य ज्ञानको पुस्तकहरुमा ससुरा मर्दा बुहारी समेत विधुवा हुने जात कुन हो ? सतार भनी गलत व्याख्या गरेको भन्दै समेत विरोध जनाएको थियो । काठमाण्डौ बसेर किताव लेख्ने लेखकहरुले एक पटक जातिय संघ संस्थाहरुसंग समन्वय गरेर लेख्नुका सट्टा मनपरी ढंगले अपहेलीत ढंगवाट सतार लेखि अपव्याख्या गर्ने लेखकहरुलाई समेत कारवाहीको दायरामा ल्याउन समेत संस्थाका उपाध्यक्षक सोनेलाल किस्कुले वताए ।
नेपाल सरकार तथ्याँक विभागले हाम्रो मागलाई सुनवाही नगरे यसभन्दा पनि कडा आन्दोलनमा उत्रने समाजसेवी सुन्दर वेसराले चेतावनी दिदै सन्थालहरु सोझा, सिधा, कर्तव्य परायण र इमान्दार हुन्छन् तर आफ्नो पहिचान र अस्तित्वलाई जोगाउन जस्तो सुकै कदम चाल्न बाध्य ह्ुने वहांको भनाई थियो।

 

रिलोमाला सन्थाली आख्डा नेपाल सुनवर्षी नगरपालिका वडा नं. १ असनटोल, मोरंगका अध्यक्ष श्यामलाल वेस्राको अध्यक्षतामा शान्तिपूर्ण विरोध ¥याली तथा धर्ना सभा सम्पन्न भएको थियो ।
रिलोमाला सन्थाली आख्डा नेपालका माग तथा अवाजहरु
१. हामी यो देशको मूलवासी हौ । हाम्रो पहिचान सन्थाल हो, सतार हैन । सन्थालको जात, धर्म, भाषा संस्कार, संस्कृतिको स्पष्ट उल्लेख हुनु पर्छ । ब्राकेट वा स्लास (सतार÷सन्थाल) यस्तो हुनु हुँदैन । स्पष्ट सन्थालमात्र हुनु पर्छ ।
२. विभिन्न लेख, रचना, किताब, लोकसेवा, सामान्य ज्ञानको पुस्तकमा समेत सन्थाल जातिको बारेमा गलत व्याख्या सुजबुझ विना लेखिएकोले घोर विरोध र आपत्ति रहेको छ । साथै नेपाली शब्दकोष भण्डारमा सतार र सन्थाल एउटै हो जसको अर्थ लाजपचको, लवस्तरो, नकचरो लेखिएको छ । के सम्पूर्ण सन्थालको अर्थ लाज सरम नभएको जाह हो र ? यो अभिलेख अविलम्ब सुधार गरी साथै सन्थाल समाजमा मज्हिप्रगाना व्यवस्था लागु हुनु पर्छ।
३. जल, जंगल, जमिनका अधिपति सन्थालm जाति सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, राज्य निकायमा पहँुचको कमि विशेषतः राज्य निकायबाट संरक्षण नभएकोले पलायन भएको पाईन्छ । आज भूमिहिन सुकुम्वासी, आवासहिन साथै आदिमकाल देखि बसोवास गरिरहेको सन्थाल जाति कयौ नागरिकता विहिन भएकालेले सम्पूर्ण तह तप्काको ध्यानाकर्षण हुन जरुरी छ ।
४. आदिम कालदेखि बसोवास रहेको सन्थाल जाति कयौंको अहिले पनि नागरिकता विहिन छन् छ त केवल जन्मसिद्ध नागरिकता त्यस्ताका छोराछोरीहरु आफ्नै जन्मभूमिमा शरणार्थी दासत्व जस्तो राष्ट्रिय प्रमाण विहिन छन् । यदि आदिवासी हो भने बंशजको नागरिकता पाउनु पर्दछ ।
५. २०७८ को जनगणना तथ्यांकलाई आधार मानेर सन्थाल जातिको बारेमा प्रकाशित हुने लेख, रचना, पुस्तक, सामान्य ज्ञान, लोकसेवा आयोगको पुस्तक, आदि कितावमा सत्य तथ्य र वास्तविक कुरा आउनको निम्ती केन्द्रीय तथ्यांक विभागमा सन्थाल जातिको जात, भाषा, धर्म, संस्कार, संस्कृति साथै पहिचान र अस्तित्व स्पष्ट रुपमा उल्लेखित हुनु अत्यन्तै जरुरी रहेको छ ।
६. केन्द्रीय तथ्यांक विभाग, शाखा कार्यालय विराटनगरमा २०७८÷६÷६ गते साथै २०७८÷६÷१५ गते केन्द्रिइ तथ्यांक विभाग, काठमाण्डौमा ज्ञापन पत्र दर्ता नं. ७२२ को निवेदन पेश ग¥यौ । तथ्यांक विभागको जाति कोड ५२ नम्वरमा सतार÷सन्थाल रहेकोले स्पष्ट सन्थाल (थरहरु ः– वेसरा, मुर्मु, मर्डी, सोरेन, हस्दा, बास्के, हेमरम, चोडे, पौरिया, किस्कु, टुडु र बेदिया) मात्र हुनु पर्दछ भन्ने हाम्रो माग हो ।
७. जुन शब्दको नामले सन्थालहरुको पहिचान, अस्तित्व, इतिहास भल्काउछ त्यस्तो ऐतिहासिक ठाउँ, गाउँ, खोलानाला आदिको नामाकरण बदल्ने क्रियाकलाप नव आगन्तुक जाति वा समुदायले तुरुन्त बन्द गरी सन्थाल जातिको अस्तित्वको संरक्षणमा जातीय, सांस्कृतिक, भाषिक तथा धार्मिक संरक्षणमा समेत जिल्ला प्रशासन कार्यालय साथै सम्वन्धित निकायको योगदान रहोस भनि यो ज्ञापन पत्र प्रदान गर्दछौ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]