झापा, मंसिर ५ गते । झापा दमक नगरपालिका ४ स्थितमा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं. ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका वडा नं. ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका वडा नं. ४ का ४७ बर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका वडा नं. ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् ।
शनिवार राति बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]