विराटनगर, कार्तिक ३० गते । नेपाल पत्रकार महासंघ माेरंग जिल्ला कार्यसमिति सदस्य माथि भएकाे दुर्व्यवहार घटना भएकाे दाेस्राे दिन महासंघ माेरंग शाखाले दुर्व्यवहार घटनाकाे भर्त्सना गर्दै आचार्यलाई कारवाहीकाे दायरामा ल्याउन स्थानीय प्रशासनसंग जाेडदार माग गरेकाे छ ।
विराटनगर महानगर पालिका वडा नं. ११ मा पर्ने केसलिया रोडमा फोहोर मैला नाला सरसफाई सम्बन्धी विवाद भईरहेको समाचार संकलन गर्न पुगेका पत्रकार रणभूमि साप्ताहिककाे कार्यकारी सम्पादक पवन  शाहलाई वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल विराटनगरका प्रमुख देवी आचार्यले दुर्व्यवहार गरकाे थियो
केसालिया रोडको सो ठाउँमा नाला नबनी पिच रोड बनेको हो । सो ठाउँमा भएको नाला धेरै वर्ष अगाडिको भएको र मर्मत सरसफाई नहुँदा त्यो पनि रोड बनाउँने क्रममा माटो र कचराहरुले पुरीसकेको स्थानीयहरु बताउँछन् । त्यसमा पनि केही ठाउँमा घरहरुबाट निस्किने पानी बग्न आफ्नै लगानीमा बनाएको नाला माथिको सल्यापहरु नाला सफा गर्ने निहुँमा हटाउन दिदैनौ भनी अाचार्य सँग स्थानीयहरुको विवाद भइरहेको थियो । पहिले भएको नालामा अझै सम्म सल्याप नलगाएको र भको सल्याप पनि हटाएर झन् झन् फोहोर र दुर्गन्ध बढ्ने तथा बालबालिकाहरु नालामा लड्ने जोखिम बढी रहेकोले स्थानीयहरुले विरोध गरेको थियो ।
सोही घटनाको सामाचार संकलन गर्न पुगेका पत्रकार शाहलाई आचार्यले समाचार संकलनकै क्रममा एकोहोरो समाचार संकलन गर्ने भनी दुर्व्यवहार गरेकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]