बिराटनगर, कार्तिक १० गते । बिल नभएको अबैद्ध ९४ तोला चाँदीको तार सहित प्रहरीले एक जनालाई फत्राउ गरीएको छ ।
मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ छालगाछी स्थितबाट प्रहरीले ९४ तोला चाँदी सहित सोही स्थानमा बसोवास गर्ने ३० बर्षीय धर्बेन्द्र शर्मालाई फक्राउ गरेको थियो ।
मंगलवार प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको सो चाँदी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]