ईलाम, कार्तिक ९ गते । झारफुक गर्ने नाममा आफ्नै श्रीमति र छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेको हो ।
उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]