सुनसरी, कार्तिक ७ गते । एकल महिलालाई श्रीमानका जग्गा तपाईको नाममा पास गराई दिन्छु भनी अर्कैको नाममा जग्गा पास गराई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार झापाको दमक नगरपालिका पवडा नं. १६ घर भई हाल ईटहरी उप–महानगरपालिका वडा नं. ८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेको छ ।
राईले ईटहरीउपमहानगर पालिका वडा नं. ६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छु भनी अर्के ब्यक्तिको नाममा पास गराएको थियो ।
रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]