बिराटनगर, असोज ९ गते । छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वडा नं. ३ सुनौलो टोलको ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका हो ।
शुक्रवार सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पु¥याउन साथ मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]