बिराटनगर, असोज ५ गते । नेपला सरकारले सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरेपनि रोगलाई लुकाउने कारणले रोगीको संख्या दिन
स्वास्थ्य कार्यालय मोरङ, द लेप्रोसी मिसन नेपाल र युके एडद्धारा संयुक्त रुपमा कुष्ठरोग तथा हात्तीपाईले रोग सम्बन्त्री पत्रकारहरुसंग १ दिने अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गएिको तथ्याँकले यस्तो देखाएको हो ।
स्वस्थ जीवनशैलीको अभाव र कुष्ठरोगीलाई पापको प्रतिफल भएको भन्दै समाजमा घृणा गर्ने तथा रोगलाई लुकाएर बस्ने कारणले रोगीहरुको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय स्वास्थ्य अधिकृत एवं कुष्ठरोगको फोकल पर्सन मुलुकचन्द राजवंशीले वताए ।
आर्थिक वर्ष २०७७÷०७८ तथ्यांक अनुसार मोरंग जिल्ला भरी कुष्ठरोगीको संख्या १ सय ३१ रहेको वताए । जस मध्ये विराटनगर महानगरपालिका भित्र सबभन्दा वढी ५१ जना कुष्ठरोगीहरु फेला परेको स्वास्थ्य कार्यालय मोरङद्धारा प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ ।
तथ्याङ्क अनुसार सबैभन्दा कम ग्रामथान र बुढीगंगामा १÷१ जना कुष्ठरोगी भेटिएका छन् भन पथरीशनिश्चरे नगरपालिकामा ४, रंगेली नगरपालिकामा ८, रतुवामाई नगरपालिकामा ८, सुनबर्षी नगरपालिकामा ६, उर्लाबारी नगरपालिकामा ६, सुन्दरहरैंचा नगरपालिकामा ७, धनपालथान गाउँपालिकामा ६, जहदा गाउँपालिकामा ४, कानेपोखरी गाउँपालिकामा ५ र कटहरी गाउँपालिकामा ४ जनामा कुष्ठरोगका समस्या रहेको छ ।
जनस्वास्थ्यकर्मीहरुका अनुसार कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने रोग हो । यो रोगले मुख्यत ः छाला र स्नायुका टुप्पाहरूमा आक्रमण गर्छ । त्यसबाहेक, यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि आक्रमण गर्छ । यो रोग लागेपछि छालामा दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुन्निने दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरीरका विभिन्न भागमा घाउ खटिरा हुने लगायतका लक्षणहरु देखा पर्न थाल्दछन् ।
कुष्ठरोग लागेपछि छाला रातो हुने, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने र स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने लगायतका लक्षणहरु समेत देखिन्छन् । यसको न्युनीकरणका लागि रोग लुकाउनुको साटो पत्ता लाग्ने बित्तिकै उपचार गराउने बानीको विकास गर्नुपर्ने स्वास्थ्य कार्यालय मोरङका कुष्ठरोग फोकलपर्सन राजवंशीका भनाई थियो ।
सन् २०१५ देखि नै नेपाल सरकारले रोकथामका लागि सरकारले आम नागरिकलाई ‘रिफामपिसिन’ नामक निःशुल्क औषधि समेत खुवाउँदै आएको छ । सरकारले २ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई १५०, ६ देखि ९ वर्ष उमेर समूहकालाई ३००, १० देखि १४ वर्ष उमेर समूहका लाई ४५० र १५ वर्षमाथिका उमेर समुहलाई ६०० एमजीको एक डोज औषधी खुवाउँदै आएकोे छ । २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, क्षयरोगी र दीर्घरोगीहरुको हकमा भने सम्बन्धित स्वास्थ्य कार्यालयले लिस्ट तयार पारेर उनीको निगरानी समेत गर्दै आएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमामा उपस्थित संचार कर्मीहरुलाई कुष्ठरो के हो ? र के कारणवाट हुन्छ, कुष्ठरोग कसरी सर्छ, कुष्ठ रोगको चिन्ह र लक्षण, कुष्ठरोगको प्रकार, कुष्ठरोगको उपचार, कुष्ठरोग उपचार नगरे के हुन्छ, कुष्ठरोगको औषधी कहाँपाईन्छ, कुष्ठ प्रभावित वा विरामीले अपनाउनुपर्ने सावधानीहरु, कुष्ठरोगीको अंगभंग हुने कारणका वारेमा छलफल गरेका थिए ।
त्यसैगरी कुष्ठरोगको रोकथाम, औषधीको मात्रा, कुष्ठरोग नियन्त्रणमा समुदायको भूमिका, कुष्ठरोगीको पुनःस्थापना लगायको विषयमा बृहत छलफल भएको थियो । कुष्ठरोग दुई किसिमको भएकोले उपचार पनि दुई किसिमले नै हुन्छ । बढी किटाणु भएको कुष्ठरोगी ( एम.बि) को उपचार १२ महिना र कम किटाणु भएको कुष्ठरोगी (पि.बी) को उपचार ६ महिनासम्म पर्छ । उपचारपछि कुष्ठरोग पूर्ण रूपमा निको पनि हुन्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]