बिराटनगर, भदौ ३० गते । नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहयोग तथा सहकार्यमा आदर्शनगरको ग्रामथानमा फलफूलको विरुवा लगायत विभिन्न जातिका एक सय ५० भन्दा बढी विरुवा रोपेको छन् ।
कटहरी गाउँपालिका वडा नं. २ आर्दशनगरमा रहेको ग्रामथानको प्रागणमा एक कार्यक्रमका आयोजना गरी नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहयोग तथा सहकार्यमा ग्रामथानकै प्राङ्गणमा फलफुल लगायत विभिन्न जातिका विरुवा रोपेको हो ।
कार्यक्रमका प्रमुख अतिथी कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले वृक्षारोण कार्य निकै नै सराहनीय भएको भन्नुहुँदै नेपाल रेयूकाई परिवारका सदस्यहरुलाई धन्यवाद दिदै ग्रामथानमा रोपिएको वृक्षालाई संरक्षण गर्न गाउँपालिकाको पनि दायित्व रहेकाले यसको संरक्षण गर्ने अध्यक्ष कामतले प्रतिवद्धता जनाएका थिए ।
सोही कार्यत्रममा नेपाल रेयूकाईका केन्द्रिय सदस्य पवन उपाध्यायले रेयूकाईका द्वय संस्थापक ओन्सी काकुतारो कुबो र ओन्सी किमी कोतानीले यस संसारमा प्रतिपादन गर्नुभएको महान, रेयूकाई शिक्षालाई कार्यान्वयन गरी विश्व शान्ति निमार्णमा योगदान पु¥याउन उहाँले सवैमा आग्रह गरेका थिए । नेपाल रेयूकाईले समाजमा गर्दै आईरहेको कामको प्रशंसा गर्नुहुँदै ग्रामथानका संरक्षक समितिका कोषाध्यक्ष अरविन्द शर्माले विरुवको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
त्यसैगरी विराटनगर क्षेत्रका प्रमुख सदस्य कौशल निरौला, रिन्कु परियारलाई नेपाल रेयूकाई अंकित लोगो मायाको चिनो स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमा नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य, पदमकुमार सरदार, टिका विसुनके, श्यामसुन्दर सुतिहार, लगायतले वृक्षा रोपनुभएको थियो ।
रेयूकाई शिक्षाले समाज र राष्ट्रप्रति कृतज्ञता फर्काउने उद्ेश्यले रेयूकाई शिक्षाको अभियास र आवशयक क्षेत्रमा सामाजिक सेवा मार्फत योगदान पु¥याउने काम नेपाल रेयूकाईले गर्दै आईरहेको नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य आसा सरदारले जानकारी गराउँदै यस महान अभियानमा जुटन सवैलाई आग्रह गर्र्दै कार्यक्रम समापन गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]