बिराटनगर, भदौं २० गते । देवभूमि ग्रुपअफ एजुकेशन सेन्टर खोलेर यूवाहरुलाई विदेश पठाईदिने नाममा लाखौका ठगी गरी यूवाहरुलाई विचल्लीमा पार्ने एक जनालाई खोज्दै दर्जनौ यूवाहरुले उनको विराटनगर स्थित घर घेराउ गरेका थिए ।
प्रदेश नं. १ को उदयपुर र प्रदेश नं. २ को सिरहावाट दर्जनौ यूवाहरुले बसभाडा गरी भाद्र १२ गते बिराटनगर महानगर पालिका वडा नं. १२ स्थित महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पसको दक्षिण पट्टी रहेको घर घेराउपछि ठगी गरेकाको रहस्य खुलेको हो ।
सप्तरी जिल्लाको साविक पातो भूतही गाउँ विकास समिति वडा नं. ९ स्थायी बसोवास भएको विजय कुमार यादवले उदयपुरको गाईघाट र सिरहाको मिर्चैया बजारमा देवभूमि ग्रुपअफ एजुकेशन सेन्टर खोलेर कसैलाई रोजगारीमा र कसैलाई अध्ययनको लागि बिदेश पठाई दिने नामा करीब २ सय यूवाहरुलाई ठगी गरी १ करोड ५० लाख लिएर वेपत्ता भएको यूवाहरुले आरोप लगाएका छन् ।
यादवलाई खोज्दै आएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १४ बस्ने हेमन्त लामेछानेले भने कोरीया पठाई दिन्छु भनी मसंग २ लाख ५० हजार लिएको छ म जस्तै दर्जनौ यूवाहरुको पैसा ठगी गरी भागेको यादवलाई खोज्दै यूवाहरु भौतारी रहेको वताए ।
त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ बस्ने नागेश्वर महरालाई यूके पठाईदिने नाममा पठक–पटक गरी ८ लाख ३० रुपैया र १ थान ल्यापटप ठगी गरी फरार भएको महराले आरोप लगाएको छ ।
लामेछानी र महरा मात्रै नभएर सिरहा मिर्चैया बजारका भोगेन्द्र यादव लगायत दुईसय यूवाहरुलाई ठगी गर्ने यादव आफ्नो घर कसैलाई विराटनगर, कसैलाई जनकपुर र कसैलाई राजविराज रहेको वताएका थिए ।
दर्जनौ यूवाहरुले यादवको विराटनगर स्थित घर पत्ता लगाएर घेराउ गरेका थिए । तर यादव घरमा फेला नपरेपछि रित्तोहात यूवाहरु घर फर्किदै अब प्रहरीको साहयता लिएर कानुनी उपचारमा जाने यूवाहरुले बताएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]