बिराटनगर, भदौ १६ गते । नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहयोग तथा सहकार्यमा विभिन्न जातिका विरुवाहरु रोपेका छन् ।
विराटनगर महानगर पालिका वडा नं. ११ स्थित जनपथ माध्यमिक विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुको सहयोगमा विश्व शान्तिका १ सय भन्दा वढी फलफूलका विरुवा रोपेको हो ।
वृक्षा रोपन कार्यक्रमका प्रमुख अथिथी विराटनगर महानगरपालिका वडा नंः ११ का वडाअध्यक्ष तिथ्रेन्द्र न्यौपानेले वृक्षा रोपन कार्य निकै नै सराहनीय भएको भदै नेपाल रेयूकाई परिवारका सदस्यहरुलाई धन्यवाद दिएका थिए ।
नेपाल रेयूकाईका केन्द्रिय सदस्य पवन उपाध्यायले रेयूकाईका द्वय संस्थापक ओन्सी काकुतारो कुबो र ओन्सी किमी कोतानीले यस संसारमा प्रतिपादन गर्नुभएको महान, रेयूकाई शिक्षालाई कार्यान्वयन गरी विश्व शान्ति निमार्णमा योगदान पु¥याउन सवैमा आग्रह गरेका थिए ।


रेयूकाई शिक्षाले समाज र राष्ट्रप्रति कृतज्ञता फर्काउने उद्ेश्यले रेयूकाई शिक्षाको अभ्यास र आवशयक क्षेत्रमा सामाजिक सेवा मार्फत योगदान पु¥याउने काम नेपाल रेयूकाईले गर्दै आईरहेको नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य नागेश यादवले वताए । उहाँले यस महान अभियानमा जुटन सवैलाई आग्रह गरेका थिए ।
त्यसैगरी नेपाल रेयूकाईले समाजमा गर्दै आईरहेको कामको प्रशंसा गर्नुहुँदै विद्यालयका अध्यक्ष रोहित कोइरालले धन्यवाद दिएका थिए । उहाँले नेपाल रेयूकाईको सदस्य भएर रेयूकाई शिक्षाको अभ्यास गर्ने प्रतिवद्धता समेत गरेका थिए ।
नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य, पदमकुमार सरदार, आशा सरदार, कौशल निरौला, टिका विसुनके, श्यामसुन्दर सुतिहार, र साहित्यकार मीनकुमार नवोदित श्रेष्ठ लगायत शान्ति युवा क्लवका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
सम्पूण अतिथीहरु मिलेर अनार, आप, लिच्ची, लत्ताम लगायतको विरुवाहरु रोपेका थिए । सो कार्यक्रम नेपाल रेयूकाईका सदस्य रिकु परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]